काठमाडौँ, १३ कार्तिक । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले दसैँका बेला सार्वजनिक यातायातमा सर्वसाधारण ठगिने क्रम योपटक पनि रोक्न नसकेको आरोप लगाएका छन् ।
आज बसेको भौतिक पूर्वाधार विकास समितिको दसैँ समीक्षा बैठकमा बोल्दै सांसद पौडेलले यो पटक पनि सर्वसाधारण यात्रु चार गुणाले ठगिएको दाबी गरे ।
‘सर्वसाधारण यात्रु सार्वजनिक यातायातबाट भाडामा चार गुणाले ठगिएका छन् । यसको कयौं प्रमाण मसँग छ’ दसैँको सार्वजनिक यातायात सहज र व्यवस्थित भएको भन्ने मन्त्री ज्वालाको भनाइ खण्डन गर्दै पौडेलले आक्रोश पोखे ।
सडकहरुको दुराअवस्था, यातायात व्यवसायीहरुको मनलाग्दी र सरकारको बेवास्ताका कारण यो वर्ष पनि दसैँको सार्वजनिक यातायात सहज र सुलभ हुन नसकेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्