काभ्रे, १४ कार्तिक । काभ्रेको पनौतीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज दिउँसो २:१० बजेको समयमा पनौती–२ सिलाभंज्याङमामा निसान गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।
कुशादेवीबाट नयाँ गाँउतर्फ जाँदै गरेको बा.४ ख.६७२३ पराल लोड निसान गाडी ब्रेक फेल भई सडकबाट ६०० मिटर तल खस्दा गाडीमा सवार उनीहरुको मृत्यु भएको प्रहरीले जनायएको छ । दुवै जनाको उपचारको क्रममा सिरमेमोरीयल अस्पतालमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा गाडी चालक काभ्रे पनौती–२ कुशादेवी बस्ने ४० वर्षीय रविन आचार्य, बेथानचोक–२ बस्ने ५० वर्षीय शिव विक्रम केसी रहेको छ । दुर्घटनामा अन्य एक जना घाइते भएका छन् । घाइते हुनेमा बेथानचोक–२ बस्ने ४५ वर्षीय सारदा तिमल्सिना रहेकी छिन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्