राजनीति

महासचिव पोखरेलद्वारा यथासिघ्र उद्धार, राहत र उपचारमा जुट्न सरकारलाई ध्यानाकर्षण



काठमाडौँ, १८ कार्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भुकम्पबाट प्रभावित तथा घाइतेको जीवन रक्षाको लागि यथासिघ्र उद्धार तथा उपचारमा जुट्न नेपाल सरकोको ध्यानाकर्षण गराउनुभएको छ ।

हिजो राती जाजरकोट केन्द्रविन्दु भएर ६.४ रेक्टरको भुकम्प गएको थियो । हाल पटक पटक पराकम्पनहरु समेत गइरहेको छ । भुकम्पका कारण १३० भन्दा बढी नागरिकको मृत्यु भइसकेको छ भने हजारौं नागरिक घाइते भएका छन् । त्यस्तै सयौं घरहरु ढलेका छन् । यस्तो दुःखद् घडीमा सरकारको साथ साथै सम्पूर्ण नागरिक, एमाले पार्टी कमिटी तथा आम नागरिकहरु उद्धार, राहत तथा उपचारमा लाग्न अपिल गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘जाजरकोट केन्द्रविन्दु भएको भुकम्पका कारणले ठुलो मात्रामा मानविय र भौतिक क्षति भएको छ । यतिवेला प्रभावित क्षेत्रमा मानविय उद्धार र राहतको खाँचो छ । भूकम्पमापरी घाईते भएकाको जिवनरक्षाका लागि यथासिघ्र उद्धार र उपचारमा जुट्न नेपाल सरकारको ध्यानाकर्षण गर्दछु । साथै भूकम्पको पराकम्पको जोखिमप्रति सजग रहदै तत्काल उद्धार र राहतको काममा जुट्न अनुरोध गर्दछु ।’