काठमाडौँ, १८ कार्तिक । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी)को २७ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
एइपिसीले आयोजना गरेको ‘इनर्जी ट्रान्जिसन थ्रु डिसेन्ट्रलाइज्ड रिन्युएवल इनर्जी एन्ड इनर्जी इफिसियन्सी’ विषयक कार्यशाला गोष्ठीमा सहभागिहरुले ऊर्जा क्षेत्रका विज्ञहरूले नमासिने र ननासिने स्रोतबाट प्राप्त हुने ऊर्जाको प्रयोग बढाउनु पर्ने जोड दिएका छन् । स्रोत नै नष्ट हुँदै जाने पेट्रोलियम इन्धन जस्ता इन्धनबाट प्राप्त ऊर्जामा मात्रै भर पर्दा देशको ऊर्जा सुरक्षामै खतरा पैदा हुने चिन्ता छ । कार्यशालाअन्तर्गत ऊर्जा संक्रमण र नवीकरणीय ऊर्जामा लगानी गरी दुई फरक–फरक सत्रमा २० भन्दा बढी विज्ञ तथा सरोकारवाला र जानकारले आआफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रभु बढाथोकीले नवीकरणीय ऊर्जा उत्पादन र उपभोगमा रुपान्तरण हुन राज्यले स्पष्ट नीति र लक्ष्य निर्धारण गर्नुपर्ने बताए । र्माणको चरणमा रहेको नयाँ पञ्चवर्षीय योजनामा पनि नवीकरणीय ऊर्जा उत्पादन र उपभोगका सन्दर्भमा नयाँ अवधारणा र लक्ष्यअनुसार अघि बढ्न सरोकारवाला सबै पक्षको सुझाव आवश्यक रहेको बताए । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले देशको समग्र ऊर्जा प्रणालीमा नवीकरणीय ऊर्जाको हिस्ता अन्त्यन्तै न्युन रहेको भन्दै सबैखाले नवीकरणीय ऊर्जामा ध्यान दिनुपर्ने बताए ।
एइपिसीका कार्यकारी निर्देशक नवराज ढकालले ऊर्जा दक्षता तथा नवीकरणकरणीय ऊर्जाको विकास र नियमनका लागि छुट्टै ऐन बनाउने गरी विधेयक निर्माण भइरहेकोले अब नविकरणीय ऊर्जाको विकासमा सहजता आउने बताए । उनले केन्द्रले तीन लाख ६० हजार घरधुरीमा बैकल्पिक उर्जाको माध्यमबाट सेवा प्रवाह गरिरहेको जानकारी गराउँदै जम्मा जनसंख्याको २० प्रतिशतमा वैकल्पिक उर्जाको आवश्यकता रहेको औंल्याए । तीन वटै तहको सरकारको सहकार्यमा आधुनिक तथा प्रविधियुक्त विद्युतीय प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले जनवायु परिवर्तनको समस्यालाई न्युनिकरण गर्न समेत वैकल्पिक उर्जाको प्रयोगलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । वैकल्पीक उर्जा पवद्र्धनको माध्यमबाट करिव ३० हजारलाई रोजागरी सिर्जना गरेको समेत जानकारी गराए ।
प्रा.डा. शालिक राम पोखरेलले एक कार्यपत्र प्रस्तुत गर्दै नेपालमा नेपालमा ऊर्जा संक्रमण वा ऊर्जा रुपान्तरण, ऊर्जा दक्षता तथा ऊर्जाको कुरा गर्दा जलविद्युत्लाई मात्र ध्यान दिने गरिएको भन्दै समग्र ऊर्जाको कुरा गर्नुपर्ने बताए । उनले सर्वसाधारणको सहज पहुँच हुन सक्ने, सर्वधारणको आर्थिक हैसियतले धान्न सक्ने, दिगो तथा भरपर्दो नविकरणीय ऊर्जाको उत्पादन नगरेसम्म ऊर्जा प्रयोगमा रुपमान्तरण ल्याउन नसकीने बताए । तथ्यवेसमा काम गर्नुपर्नेमा जोड दिँदै उनले गुणतरीयतालाई विशेष ध्यान दिनुपर्ने बताए । वैकल्पिक उर्जाको विकास र विस्तारमत्र गरेर दिर्घकालीन बन्न नसक्ने बताउादै उनले त्यसको बजार व्यवस्थापनलाई समेत जोड दिनुपर्ने धारणा राखे ।
ऊर्जा मन्त्रालयका सहसचिव मोहनकुमार शाक्य र जल तथा ऊर्जा आयोगकी सिनियर डिभिजनल इन्जिनियर किरण गौतमले नेपालमा समग्र ऊर्जालाई एकै मन्त्रालयमार्फत नेतृत्व र नियमन गर्न नेपाल आयाल निगमलाई ऊर्जा मन्त्रालय मातहतमा राखेर सञ्चालन गर्दा नतिजा प्रभावकारी रहने औँल्याएका छन् । ऊर्जा विज्ञ शेरसिंह भाटले अहिले हामीले प्रयोग गर्दै आएको मासिने र नासिने स्रोतको ऊर्जाबाट नमासिने र नमासिने ऊर्जाको स्रोतमा संक्रमणमा गई रुपान्तरण भए मात्र ऊर्जा सुरक्षा प्राप्त गर्न सकिने बताए । उनले नवीकरणीय ऊर्जाको रुपमा रहेको जलविद्युत्लाई भण्डारण योग्य ऊर्जामा परिणत गर्न हाड्रोजन ग्यासको उत्पादन गरी व्यवहारिक प्रयोगयोग्य बनाउन सकिने सम्भावना देखिएको बताए ।
प्रतिक्रिया दिनुहोस्