काठमाडौँ, १८ कार्तिक । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूकम्प प्रभावित स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत र अरू कर्मचारीलाई बिदामा भए तत्काल कार्यालयमा हाजिर हुन भनेको छ ।
आज मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उनीहरूलाई तत्काल बिदामा नबस्न समेत निर्देशन दिएको छ । “भूकम्प प्रभावित जिल्लाका स्थानीय निकायमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरू बिदामा भएमा यथाशीघ्र आफ्नो कार्यालयमा हाजिर भई कामकाजमा खटिनुहुन र तत्काल बिदामा नरहनहुन समेत निर्देशन गरिएको छ,” मन्त्रालयले भनेको छ ।
प्रतिक्रिया दिनुहोस्