काठमाडौँ, १८ कार्तिक । गएराति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी ज्यान गुमाउनेको संख्या एक सय ३८ जना पुगेको छ ।
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अध्यावधिक विवरण अनुसार जाजरकोटमा १ सय जना र रुकुम पश्चिममा ३८ जना गरी एक सय ३८ जनाको ज्यान गएको हो । भूकम्पका कारण एक सय ६६ जना घाइते भएका छन् । जाजरकोटमा ८१ जना र रुकुम पश्चिममा ८५ जना घाइते भएका हुन् ।
जाजरकोटमा घाइते भएका ८१ जनामध्ये २२ जनालाई थप उपचारको लागि सुर्खेत रेफर गरेको र बाँकेको जिल्लामै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । रुकुम पश्चिममा घाइते भएका ८५ जनामध्ये सात जनालाई सुर्खेत तथा १० जनालाई नेपालगञ्ज पठाएको र बाँकीको जिल्लामै उपचार भइरहेको छ ।
अहिले पनि खोज तथा उद्धारको काम चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्