राजनीति

उपप्रधानमन्त्रीद्वारा दुई दिनभित्र राहत सामग्री पुर्‍याउन निर्देशन



काठमाडौँ, १९ कार्तिक । उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले भुकम्प प्रभावित परिवारलाई दुई दिनभित्र आवश्यक राहत सामग्रीहरू पुर्‍याउन प्रभावित क्षेत्रका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

रूकुम पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिँदै खड्काले खाेज तथा उद्दारकाे काम सम्पन्न भइसकेकाले संघ, प्रदेश सरकार राहत र पुनस्थापनामा लागेकाे बताए ।

उनले आज र भाेलिसम्ममा राहतका सबै सामाग्रीहरू जिल्लामा पुर्याईसक्ने बताए । शनिबार दिनभर नेपाली सेनाका पाँच हेलिकप्टरसहित स्काई टकले विरामीहरूकाे उद्दार गरेकाे थियाे भने आइतबारदेखि राहत सामाग्रीहरू सेनाका हेलिकप्टरले ढुवानी गरिररहेकाे छ ।