राजनीति

माओवादीको सडक संघर्षको कार्यक्रम स्थगित



काठमाडौँ, २० कार्तिक । सत्तारुढ नेकपा माओवादी केन्द्रले २२ गतेको सडक संघर्षको कार्यक्रम स्थगित गरेको छ ।

माओवादी केन्द्रका महासचिव देव  गुरुङले आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले गत शुक्रबार जाजरकोटमा गएको भूकम्पको कारण सडक संघर्षको कार्यक्रम स्थगित गरिएको बताए । माओवादीले भूकम्प प्रभावित जिल्लाका सम्पूर्ण कमिटीहरु जवसरमोर्चाका नेता तथा कार्यकर्ताहरुलाई खोज, उद्धार एवं राहतमा सक्रियतापूर्वक सहयोग गर्न निर्देशन दिइएको छ । यसबारे माओवादीले सर्कुलर जारी गर्दै केन्द्रीय कार्यालय मातहतका समितिलाई निर्देशन दिएको छ ।