अर्थ

लगानी घाटामा गएको उदाहरण छैन : अर्थमन्त्री



काठमाडौँ, २० कार्तिक । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा गरिएको लगानीबाट लगानीकर्ताले नाफा कमाएको पर्याप्त उदाहरण रहेको बताएका छन् ।

आजदेखि सुरु ३७औँ क्यास्सी सम्मेलनमा सम्बोधन गर्दै विदेशी लगानीबाट पर्याप्त नाफा कमाएको उदाहरण रहेको बताएका हुन् । 

उनले भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषण गरेको स्मरण गर्दै बिजुली र सौर्य ऊर्जा लगानीका मुख्य क्षेत्र हुन सक्ने बताए । यस्तै बङ्गलादेशले समेत बिजुली किन्ने प्रक्रिया अघि बढाएको अर्थमन्त्रीले जानकारी गराए । 

यसबाहेक हिमालयका कारण नेपाल पर्यटनको प्रमुख गन्तव्य बन्न सक्नेमा अर्थमन्त्रीको जोड थियो । ‘नेपाल पर्यटनमा ठुलो सम्भावना बोकेको देश हो, एफएनसीसीआईका अध्यक्षले समेत सिरिजमा केबलकारमा लगानी गर्दै हुनुहुन्छ,’ डा. महतले भने ।