काठमाडौँ, २० कार्तिक । नेकपा एकीकृत समाजवादीले भूकम्प प्रभावितहरुलाई सहयोग गर्न सरकारी कोषमा २५ लाख रकम जम्मा गर्ने भएको छ ।
आज बसेको सो पार्टीको सचिवालय बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई सहयोग गर्न पार्टीले २५ लाख रुपैयाँ सरकारी कोषमा जम्मा गर्ने निर्णय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनले भने, ‘पार्टीका कार्यकर्ताबाट आर्थिक सहयोग संकलन गरी सरकारी राहत कोषमा २५ लाख प्रदान गर्ने निर्णय भएको छ । उक्त प्रयोजनका लागि केन्द्र, प्रदेशका मन्त्री, जनप्रतिनिधिबाट १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय भएको छ ।’
प्रतिक्रिया दिनुहोस्