समाचार

सात जना जुवाडे पक्राउ



काठमाडौँ, २१ कार्तिक । बुढानिलकण्ठ नगरपालिका-११ कपन खरिबोटस्थित सुलभ (नमस्ते) रेस्टुरेन्ट एण्ड स्नोकर हाउसमा जुवातास (ओखर) खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार ललितपुर गोदावरी घर भई हाल काठमाडौँ गोकर्णेश्‍वर नगरपालिका-८ बस्ने ३५ वर्षीया मिरू तामाङ समेत ७ जनालाई नगद २३ हजार ६ सय ८० रुपैयाँ र ८ दाना ओखरसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरी वृत्त बौद्धबाट आवश्यक अनुसन्धान भइरहेको छ ।