पोखरा, २२ कार्तिक । जाजरकोटमा गएको भूकम्पबाट पीडित भएकालाई राहत सामग्री बोकेर चिनियाँ सेनाका दुई जहाज नेपाल आइपुगेको छ ।
चीनबाट राहत सामग्री बोकेर दुई कार्गो विमान बुधबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । चिनियाँ विमानले ल्याएको राहत सामाग्री भूकम्प प्रभावित क्षेत्रमा लगिनेछ ।
उत्तरी छिमेकी राष्ट्र चीनले दुई चरणमा भूकम्प पीडितका लागि राहत दिने घोषणा गरेको छ । यसअघि प्रभावितहरूका लागि १० करोड रुपैयाँको राहत सामग्री दिने घोषणा गरेको चीनले मंगलबार थप २८ करोड बराबरको राहत घोषणा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्