समाचार

जाजरकोट केन्द्रबिन्दु भएर पुनः परकम्प



काठमाडौँ, २३ कार्तिक । जाजरकोट केन्द्रबिन्दु भएर आज बिहान पनि भूकम्प गएको छ ।

आज बिहान जाजरकोटको पैंक केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ६ मिनेट जाँदा उक्त परकम्प गएको थियो । बुधबार राति ७ बजेर ५० मिनेट जाँदा सोही केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्युडको परकम्प गएको थियो ।