अर्थ

नेप्से परिसूचक ११.८५ अंकले घट्यो



काठमाडौँ, २३ कार्तिक । आज नेप्से परिसूचक ११.८५ अंकले घटेर बन्द भएको छ । सेयर बजार पछिल्ला तीन दिन लगातार बढेको थियो । बिहीबार नेप्से परिसूचक ०.६३ प्रतिशतले घटेर १८५२.०८ विन्दुमा बन्द भएको छ । बुधबार नेप्से ५.१७ अंकले बढेर बन्द भएको थियो ।

आज ८३ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार ७८ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । सर्वाधिक सेयर मूल्यवृद्धि सयपत्री हाइड्रोपावरको भएको छ । यो कम्पनीको सेयर मूल्य ६.९६ प्रतिशतले बढेर प्रतिकित्ता ५०७ रुपैयाँ कायम भएको छ । सर्वाधिक सेयर मूल्य घट्नेमा माउन्टेन इनर्जी नेपाल लिमिटेड छ । यो कम्पनीको सेयर मूल्य ६.४३ प्रतिशतले घटेर प्रतिकित्ता ७३८ रुपैयाँ कायम भएको छ ।

सोनापुर मिनेरल्स एन्ड आयल लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यो कम्पनीको सात करोड आठ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । अन्य समूहको परिसूचक सबैभन्दा बढी घटेको छ । यो समूहको परिसूचक १.५५ प्रतिशतले घटेको छ । यस दिन २८२ धितोपत्रका २८ लाख ३३ हजार ७३१ कित्ता खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।