राजनीति

कसैले चाहँदैमा गणतन्त्र संकटमा पर्दैन : नेता सिंह



काठमाडौँ, २४ कार्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कसैले चलखेल गर्दैमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संकटमा नपर्ने बताएका छन् ।

आज लौहपुरूष गणेशमान सिंहको १०९औं जन्मजयन्तिका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले जनताको संघर्षबाट स्थापित गणतन्त्र कमजोर नभएको बताए । ‘कसैले चाहँदैमा गणतन्त्र संकटमा पर्दैन, यो त्यति कमजोर होइन,’ उनले भने ।

उनले अहिले जनताले अहिले परिणाममुखी काम खोजिरहेको भन्दै जनताको जीवनस्तर उठाउन तिनै तहका सरकारलाई आवश्यक अधिकार दिएर अगाडि बढ्नुपर्ने बताए । केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारलाई प्रभावकारी बनाउनुपर्ने सिंहको भनाइ छ ।