राजनीति

सर्वोच्चमा छिट्टै न्यायाधीश नियुक्तिको पहल गर्दैछु : प्रधानन्यायाधीश श्रेष्ठ



काठमाडौँ, २४ कार्तिक । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया छिटै टुंगिने बताएका छन् ।

आज सर्वोच्च अदालत बार एशोसिएशनको भवन निर्माणका लागि जग्गा भोगाधिकरणको पत्र हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश श्रेष्ठले तीनै तहका अदालतमा बाँकी न्यायाधीश नियुक्ति प्रक्रियालाई छिटै टुंग्याउने बताएका हुन् ।

आफू प्रधानन्यायाधीश भएको छोटो समयमै न्यायाधीश नियुक्तिको पहल गरेको भन्दै उनले भने, ‘सर्वोच्चमा भने एक जना न्यायाधीश नियुक्त गर्न सकेँ, फेरि पनि गर्न बाँकी नै छ । त्यो म छिटै नै पहल गर्दैछु ।’