समाचार

आजको मौसम



काठमाडौँ, २६ कार्तिक । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार वायुको प्रभावका कारण हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो कोसी प्रदेशका पहाडी भूभागमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको र बाँकी भागको मौसम सफा रहने विभागले जनाएको छ ।

आज राति देशको पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।