काठमाडौँ, २६ कार्तिक । होटल सङ्घ पोखराले पर्यटन प्रवर्द्धन गर्न भाइटीका महोत्सव गर्ने भएको छ । संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सङ्घले यही कात्तिक २९ गते १६औँ भाइटीका महोत्सव गर्ने भएको छ ।
‘संस्कृति बचाऔँ, पर्यटन प्रवर्द्धन गरौँ’ भन्ने नाराका साथ लेकसाइडको होटल ल्याण्डमार्कमा महोत्सव गर्न लागिएको सङ्घले जनाएको छ ।
नेपाली संस्कृतिको संरक्षण एवम् सम्वर्द्धन गरी स्वदेशी तथा विदेशी पर्यटकबीच आपसी भाइचाराको विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली संस्कृतिलाई परिचित गराउने उद्देश्यका साथ निरन्तर महोत्सव गर्दै आएको सङ्घले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्