राजनीति

काठमाडौँ महानगरले माग्यो २७ डाक्टर र ५ खाद्य विज्ञ



काठमाडौँ, २६ कार्तिक । काठमाडौँ महानगरपालिकाले २७ जना मेडिकल अधिकृत र ५ जना खाद्यविज्ञका लागि आवेदन खुला गरेको छ ।

शनिबार महानगरपालिकाले एक सूचना जारी गर्दै आठौं तहको मेडिकल अधिकृतको लागि एमबीबीएस उतीर्ण गरेका जनशक्ति माग गरेको हो । महानगरका अनुसार शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रहरुका लागि करारमा डाक्टर माग गरिएको हो ।

यस्तै महानगरले सञ्चालन गर्न लागेको ल्याबको लागि खाद्य विज्ञ माग गरेको छ । महानगरपालिकाले सातौं तहको माइक्रोबाइलोजिस्ट २ जना, फुड टेक्नोलोजिस्ट ३ जना मागेको हो । महानगरका कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाका अनुसार खाद्य सम्बन्धी गुणस्तर मापन गर्न महानगरपालिकाले आफ्नै कर्मचारी राख्न लागेको हो ।