अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २७ कार्तिक । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर कारोबारमा आएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ६५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १३ हजार १५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । महासंघका अनुसार हिजो चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ थियो । जुन, आज घटेर तोलामा १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।