काठमाडौँ, २७ कार्तिक । भक्तपुरमा लक्ष्मीपूजा गर्दा दियो सल्केर एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार मध्यपुर थिमी नगरपालिका–१ स्थित लोकन्थली घर भएकी ८३ वर्षीया साबित्री देवी दाहालको मृत्यु भएको हो ।
आइतबार लक्ष्मीपुजा गर्ने क्रममा उनले लगाएको लुगामा दियो सल्किएको थियो । कपडामा आगो सल्केपछि आत्तिएर बैठक कोठामा लडेकी दाहालको घटनास्थलमा नै मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्