समाचार

धनगढीमा भीषण आगलागी



धनगढी, २ मंसिर । धनगढीमा भीषण लागालागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गएराति १ बजे धनगढी उपमहानगरपालिका १ सारथि अस्पताल क्षेत्रमा आगलागी भएको हो । आगलागीले अस्पतालसहित आधा दर्जन पसलमा क्षति भएको छ ।

सुरुमा अस्पताल नजिक दल बहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरको जुत्ता चप्पलको होलसेलको गोदाममा अचानक बिद्युत् तार सर्ट भई आगलागी भएको थियो । त्यहाँबाट सल्केको आगोले अन्य पसलमा क्षति भएको हो ।

राति नै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक देवेन्द्र बहादुर पालको कमान्डमा ४० जना प्रहरी, तेघरी ब्यारेक कैलालीबाट सेनानी बिपेन आचार्यको कमान्डमा २६ जना नेपाली सेना, सशस्त्र प्रहरी बल ३४ नम्बर गण हेडक्वार्टर कैलाली नैनादेवीबाट सहायक प्रहरी नायव उपरीक्षक खेमराज ठकुल्लाको कमान्डमा ३० जनाको टोली, स्थानीय, धनगढी उपमहानगरको २ वटा, गोदावरी नगरपालिकाको १ वटा, पुनर्वास नगरपालिकाको १ वटा गरी ४ वटा दमकल सहितको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।