धनगढी, २ मंसिर । कैलालीको अत्तरियामा ट्रकले ठक्कर दिंदा एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार शुक्रबार साँझ धनगढीबाट अत्तरियातर्फ आइरहेको मप्र ०३०१ख९६५० ट्रकको ठक्करबाट डोटीको शिखर नगरपालिका-२ बस्ने ६० वर्षीय भगवती रोस्याराको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी रोस्याराको उपचारका क्रममा राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनी डोटीमा कटी दिदीको नामले परिचित थिइन् । रोस्याराको मृत्युपछि उनका शुभेच्छुकहरूले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिदी दु:ख व्यक्त गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्