समाचार

माेटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते



दाङ, ४ मंसिर । दाङमा दुई वटा माेटरसाइकल ठाेक्किँदा एक जनाकाे मृत्यु भएकाे छ भने दुई जना घाइते भएका छन् । 

प्रहरीका अनुसार दाङकाे ग्वारखाेलामा रा ४ प ८४६४ र रा ७ प ६५५४ नम्बरका मोटरसाइकल ठाेक्किएका हुन् । दुर्घटनामा रा ७ प ६५५४ नम्बरको मोटरसाइकलका चालक २८ वर्षीय अमृत केसीको मृत्यु भएकाे छ ।

उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा गएराति मृत्यु भएकाे हाे । यस्तै, अर्काे माेटरसाइकलका चालक दिनेश बुढाथोकी र पछाडि बसेका कमल केसी घाइते भएका प्रहरीले जनाएकाे छ । उनीहरुकाे उपचार भइरहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।