अर्थ

उपल्लो मुस्ताङमा पर्यटक बढे



काठमाडौँ, ५ मंसिर । अर्धनिषेधित क्षेत्रको रुपमा रहेको उपल्लो मुस्ताङको भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ । उपल्लो मुुस्ताङमा सन् २०२३ को करिब ११ महिनाको अवधिमा तीन हजार जनाभन्दा बढी पर्यटक भित्रिएका अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ ।

एक्यापको इलाका संरक्षण कार्यालय जोमसोमका प्रमुुख पदमराज रेग्मीका अनुुसार २०२३ को जनवरीदेखि नोबेम्वर तेस्रो सातासम्म तीन हजार तीन सय ८८ पर्यटकले उपल्लो मुुस्ताङ भ्रमण गरेका छन् । 

“यसअघिका वर्षमा वार्षिक एक हजार जनाको सङ्ख्यामा विदेशी पर्यटकले भ्रमण गर्ने उपल्लो मुुस्ताङमा यसपाली पर्यटक आगमन अकल्पनीय रुपमा बढेको छ”, उहाँले भन्नुुभयो, “सडक यातायातको सहजता, प्रचारप्रसार र प्रवद्र्धनात्मक कार्यक्रमले उपल्लो मुुस्ताङमा पर्यटक आगमन बढेको हो ।”

यसवर्ष ३८ राष्ट्रका विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख रेग्मीले बताउनुुभयो । अक्टोबर महिनामा सबैभन्दा बढी आठ सय १० विदेशी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका छन् ।  जनवरीमा ७ जना मात्रै विदेशी पर्यटकले भ्रमण गरेको उपल्लो मुस्ताङमा फेबु्रअरीमा २३, मार्चमा एक सय ६२, अप्रिलमा चार सय २५, मेमा सात सय १२, जुनमा एक सय ४९, जुलाईमा एक सय आठ, अगस्टमा दुई सय ७८, सेप्टेम्बरमा चार सय सात र नोभेम्बरमा १८ तारिखसम्म दुई सय सात जना विदेशी पर्यटकले भ्रमण गरेका छन् ।