काठमाडौँ, ५ मंसिर । मंसिर ७ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले आयोजना गर्न लागेको प्रदर्शनको कार्यक्रम स्थल बल्खुमा तोकिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार प्रसाईंलाई बल्खुमा प्रदर्शन गर्न दिने निर्णय गरेको हो । माइतीघरमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि युवा संघले पनि काठमाडौँको तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेको छ । युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार सूचना जारी गरेर कार्यक्रमस्थल तीनकुनेमा सरेको जानकारी दिएका हुन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अनुसार बल्खुमा कार्यक्रम उद्घाटन गर्ने र थप कार्यक्रम देशभर चल्ने बताए ।
प्रतिक्रिया दिनुहोस्