अर्थ

७.२९ अंकले घट्यो नेप्से



काठमाडौँ, १७ मंसिर । आइतबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य ०.३९ प्रतिशतले घटेको छ ।

नेप्से ७.२९ अंकले घटेर १८५१.२३ को विन्दुमा झरेको छ । यस दिन २९३ धितोपत्रका ३४ लाख १९ हजार ७३ कित्ता सेयर ९६ करोड ४० लाख १० हजार ४३१ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

सेन्सिटिभ इन्डेक्स पनि ०.४६ प्रतिशतले घटेर ३५४.४३ को विन्दुमा झरेको छ । १३ मध्ये १२ उपसमूहको समूहगत सूचक घटेको छ । माइक्रोफाइनान्स उपसमूहको समूहगत सूचक भने बढेको छ ।