राजनीति

विपिन जोशी जीवित छन्, छाड्ने विश्वास दिलाइएको छ : प्रधानमन्त्री



काठमाडौँ, १८ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टाइनी विद्रोही समूह ‘हमास’को नियन्त्रणमा रहेका भनिएका नेपाली युवा विपिन जोशी जीवित रहेको बताएका छन् ।

आज मूलधारका मिडियाका सम्पादकहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले विपिन जोशीलाई रिहा गर्ने विश्वास दिलाइएको पनि जानकारी गराए । उनले भने, ‘सरकार आफैँ गएर ल्याउन सकिने अवस्था छैन तर सरकारले यसबारे पहल गरिरहेको छ ।’

त्यस्तै प्रचण्डले जाजरकोट भूकम्पबाट घर भत्किएका परिवारलाई अस्थायी आवास निर्माणका लागि एकमुस्ट ५० हजार रुपैयाँ उपलब्ध गराइने घोषणा गरेका छन् । उनले अस्थायी आवास निर्माणमा रकम थोरै भएको गुनासो आइरहेको सन्दर्भमा सरकारले एकमुस्ट ५० हजार रुपैयाँ उपलब्ध गराउने बताए ।