अर्थ

नेप्से परिसूचक १० अंकले घट्यो



काठमाडौँ, १९ मंसिर । आज नेप्से परिसूचक १०.१० अंक घटेर १८३७.७१ विन्दुमा रोकिएको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आज नेप्से १०.१० अंक घटेर १८३७.७१ विन्दुमा रोकिएको हो । आज नेप्से घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । एक अर्ब ५४ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।सोमबार भने एक अर्ब एक अर्ब १९ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । घटेको बजारमा विशाल बजार कम्पनीका सेयरधनीले सर्वाधिक गुमाएका छन् । यो कम्पनीका सेयरधनीले प्रतिकित्ता ३५९ रुपैयाँ ४० पैसा गुमाएका हुन् । यो कम्पनीको सेयर मूल्य तीन हजार ४१० रुपैयाँ ६० पैसा कायम भएको छ ।

सर्वाधिक सेयर मूल्य वृद्धि सिंगटी हाइड्रो इनर्जी लिमिटेडको भएको छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २७५ रूपैयाँ कायम भएको छ ।

माउन्टेन इनर्जी नेपाल लिमिटेडको सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री भएको छ । यो कम्पनीको ३६ करोड २९ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये जीवन बिमा समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।  यसदिन २९२ धितोपत्रको ४६ लाख ९८ हजार ६८२ कित्ता खरिद–बिक्री भएको छ ।