अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २० मंसिर । आज नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।