काठमाण्डौ,२८ मंसिर । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र भेटिएका सुर्तीजन्य पदार्थ जफत गरेको छ।
आजबाट सुर्तीजन्य पदार्थ पूर्ण प्रतिबन्ध लगाएको छ। प्रतिबन्ध लगाएपनि अनुगमनको क्रममा काठमाडौंमा सुर्तीजन्य पदार्थ भेटिएको महानगरएक प्रहरीले वाताए ।
उनका अनुसार आज महानगर प्रहरीले विभिन्न ठाउँमा अनुगमन गरिरहेको छ। अनुगमनको क्रममा बिक्री गर्न नरोकेको पाइएपछि नगरप्रहरीले सुर्तीजन्य पदार्थ जफत गरेको हो।आज महानगरक्षेत्रभित्र पसलहरूमा भेटिएका सुर्तीजन्य पदार्थहरू जफत गरेका छौं, उनले भने,यो कार्य जारी रहन्छ।ुतर यो प्रतिबन्धबारे महानगरले जारी गरेको सार्वजनिक सूचना र महानगरका अधिकारीहरूको भनाइ आपसमा बाझिन्छ।
महानगरको स्वास्थ्य विभागले मंसिर १२ गते जारी गरेको सूचनामा प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री निषेध गर्ने भनिएको छ। महानगरका प्रवक्ता नवीन मानन्धरले बुधबार भएको पत्रकार सम्मेलनमा महानगर क्षेत्रभित्र कुनै पनि सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने बताएका थिए।
प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्रीमा मात्र रोक लगाइएको होइन,ु मानन्धरले भनेका थिए, ुभोलिदेखि महानगर क्षेत्रमा कुनै पनि सुर्तीजन्य पदार्थ बिक्री गर्न पाइँदैन।ु
खैनी, गुट्का, पान(पराग लगायत सबै किसिमका सुर्तीजन्य पदार्थ बिक्रीमा पूर्ण रोक लगाइएको उनको भनाइ छ। चुरोटको प्याकेट बिक्री गर्न पाइने, तर एक(दुई खिली चुरोट किनबेच गर्न नपाइने उनले बताए।
प्रतिक्रिया दिनुहोस्