Banner News

कांग्रेसले सरकारको नेतृत्व लिन ढिला गर्न हुँदैनः कोइराला



काठमाडौ २ पुस। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रिपोर्ट कार्ड मागेका छन् । नुवाकोट कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेसले सरकारको नेतृत्व लिन ढिला गर्न नहुने बताए । ।
संसदीय व्यवस्थामा मन्त्रीहरुले राम्रो नराम्रो काम जस्तो गरे पनि त्यसको सबै जस(अपजस प्रधानमन्त्रीले लिनुपर्ने उनको भनाइ छ ।उनले अहिले गणतन्त्रमाथि देशभर आक्रमण भएको पाइएको बताए । जनताको निराशा र आक्रोश गणतन्त्र, संघीयताप्रति नभइ नेतृत्वप्रति भएको उनले वताए ।
यस्तै कांग्रेस सबैभन्दा ठूलो पार्टी भए पनि कसैको बैशाखी टेकेर आए जस्तो आभाष भएको नेता कोइरालाले बताए ।

कार्यक्रममा उनले– एकले अर्काको खुट्टा तान्ने नभइ एकताबद्ध भएर पार्टीलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ।उनले भने, तपाईंहरु कांग्रेस सकियो भन्नुहुन्छ । हामीहरुले हाम्रो संगठनलाई चुस्त बनाएर लल्गौं भने कसैले हराउन सक्दैन । हामीलाई हाम्रो साथीहरुसँग मात्रै डर लाग्छ । उनले भने– मैले सुनेको अर्थमन्त्रीजी यही हुनुहुन्छ । पुस ५ देखि १० गतेसम्म प्रधानमन्त्रीले काठमाडौं नछाड्नु भनेको मैले सुनेको छु । रिपोर्ट कार्ड हेर्ने होला । म त प्रधानमन्त्रीको रिपोर्ट कार्ड मागिरहेको छु । देशको प्रधानमन्त्रीले कस्तो काम गर्नुभयो भन्ने कुरा हुन्छ । अनि प्रधानमन्त्रीले रिपोर्ट कार्ड लिने रु हामीले प्रधानमन्त्रीको रिपोर्ट कार्ड लिने हो । प्रधानमन्त्रीज्यू तपाईंको रिपोर्ट कार्ड हामीलाई चाहिएको छ ।