Banner News

पर्यटनमन्त्री सुदन किराँतीको अभिव्यक्ति उत्तेजक र गैरजिम्मेवारीपूर्ण छः सभापति लामिछाने



काठमाडौँ, ५ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्री सुदन किराँतीको अभिव्यक्ति उत्तेजक तथा गैर जिम्मेवारीपूर्ण भएको भन्दै आक्रोस जनाउनुभएको छ ।

सामाजिक सञ्जालमा सभापति लामिछानेले मन्त्री किराँतीको कडा शब्दमा आपत्ती जनाउनुभयो । मन्त्री किराँतीले क्रिश्चियनको एक कार्यक्रममा मन्तव्य राख्दै क्रिस्चियन धर्म नमान्ने सवैलाई हतकडी लगाएर जेल कोच्नुपर्ने अभिव्यक्ति दिनुभएको थियो । उक्त कुरा अहिले सामाजिक सञ्जाल तथा विभिन्न राजनीतिक नेताहरुले कडा रुपमा आपत्ती जनाइरहनुभएको छ ।

सभापति लामिछानेले भन्नुभएको छ, ‘संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति, सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको,उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा बिपरीतको र अत्यन्तै खेदजनक छ। यस्तो गैर(जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने ब्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छरु प्रधानमन्त्री ज्यु, गम्भीर ध्यानाकर्षण होस् ।’