अर्थ

जसपाको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक



काठमाडौँ, २१ पौष । जनता समाजवादी पार्टी (जसपा) नेपालले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार निर्वाचन आयोगमा आर्थिक वर्ष २०७९/८० को आर्थिक प्रतिवेदन पेस गरेसँगै पार्टीले सो प्रतिवेदन सार्वजनिक गरेका हो।

आसन्न राष्ट्रिय सभाको निर्वाचनलाई मध्यनजर गर्दै आयोगले राजनीतिक दलहरुलाई पुस मसान्तभित्र आर्थिक प्रतिवेदन आयोगमा बुझाउन र सञ्चारमाध्यमहरुमार्फत सार्वजनिक गर्न समय सीमा तोकेको थियो । सोहीबमोजिम जसपाले आयोगले तोकेको समयावधिमै लेखा परीक्षण प्रतिवेदन बुझाउने र सार्वजनिक गर्ने गरेको हो ।