राजनीति

जसपासम्बद्ध नेपाली समाज कतारको तेस्रो अधिवेशन सकियो



काठमाडौँ, १४ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध प्रवास सङ्गठन नेपाली समाज कतारको तेस्रो अधिवेशन सम्पन्न भएको छ । कतारको ग्राण्ड मल्लस्थित लालीगुराँस रेष्टुरेन्टको सभाहलमा आयोजित भेलाले मनिष यादवको नेतृत्वमा २५ सदस्यीय समिति निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा नवाङ्ग फुरी शेर्पा, सरोज यादव, देवी मगर महासचिवमा पञ्कज राई, सचिवमा ई. विजय यादव, कोषाध्यक्ष जय प्रकाश यादव सहकोषाध्यक्षमा अर्जुन यादव र संस्थाको प्रेस संयोजकमा रामएकवाल राम निर्वाचित भएका छन् । जसपाले प्रवासमा रहेका नेपालीहरुलाई आवद्ध गर्न प्रवास विशेष प्रदेश समितिको संरचना बनाएको छ । जसअनुसार १८ मुलुकमा पार्टीको प्रवास सङ्गठन रहेको छ ।