अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १६ माघ । आज नेपाली बजारमा सुन मूल्य चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।