राजनीति

सिराहाका प्रजिअ र एसपीलाई फिर्ता बोलाउने निर्णय



काठमाडौँ, १६ माघ । गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे र एसपी टेकुनन्द इवा लिम्बुलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

गृह मन्त्रालयका स्रोतका अनुसार प्रमुख जिल्ला अधिकारीले आफूलाई हटाउँदा एसपीलाई पनि हटाउन माग गरेपछि एसपी लिम्बु पनि तानिएका हुन् । प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे मिजरब्याजी प्रति नरम भएको आरोप छ ।  मिटरब्याज सम्बन्धी पीडितको उजुरीलाई ‘आन्देखा’ गरेर उनीहरू पीडकसँग मिलेको गृह मन्त्रालयको निष्कर्ष छ । सिराहाका मिटरब्याज प्रभावितहरूले केही दिनअघि गृहमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए ।