अर्थ

विमानस्थलमा ‘करमुक्त पसल’ सञ्चालन गर्न तेस्रो पटक दरखास्त आह्वान



काठमाडौँ, १९ माघ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘डिउटी फ्रि सप’ (करमुक्त पसल) सञ्चालनको लागि दरखास्त दिने समय तेस्रो पटक थप गरिएको छ ।

विमानस्थलले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा प्रस्थानतर्फको पहिलो तलामा २६.११ वर्गमिटर र आगमनतर्फ अध्यागमन कार्यालय नजिकै ७५.८ वर्गमिटर गरी १०१.९१ वर्गमिटरर क्षेत्रफलमा ‘करमुक्त पसल’ सञ्चालनका लागि दरखास्त आह्वान गरेको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरणले पहिलो पटक गत मंसिर ४ गते बोलपत्र आह्वान गर्दै एक महिने सूचना निकालेको थियो । उक्त समयमा कुनैपनि कम्पनीले आवेदन नदिएपछि प्राधिकरणले पुस ४ गते अर्काे सूचना निकाल्दै १५ दिन म्याद थप गरेको थियो । सो समय अवधिमा पनि आवेदन नपरेपछि पुनः पुस १९ मा ३० दिन समय थप गरेको थियो ।