महोत्तरी, २० माघ । नेपाल विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्र (महोत्तरी) ले ६ महिनामा पाँच करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८०र८१ को ६ महिनाको अवधिमा उक्त केन्द्रले पाँच करोड २३ लाख २२ हजार ७६८ रुपैयाँ राजस्व संकलन गरेको हो ।
उक्त अवधिमा केन्द्रले विद्युत् चुहावट रोक्न अनुगमन बढाएको जनाइएको छ । विद्युत् चोरी जरिवाना, पुनःलाइन जडान र नयाँ ग्राहकबाट उक्त रकम संकलन भएको हो । ६ महिनामा २९७ विद्युत् चुहावटका घटना फेला परेर कारबाही गरिएको कार्यालयले जनाएको छ । यो कारबाहीबाट २७ लाख ८४ हजार १७७ राजस्व संकलन भएको कार्यालय प्रमुख जगन्नाथ झाले जानकारी दिए ।
सोही अवधिमा समयमा विद्युत् महसुल नबुझाएर लाइन काटिएका ४८८ सेवाग्राहीको लाइन पुनःजोडिदा तीन करोड ८१ लाख १२ हजार ८७६ राजस्व संकलन भएको छ । सोही अवधिमा सेवा क्षेत्रका ४२४ सेवाग्राहीको नयाँ लाइन जडान गरिँदा एक करोड १४ लाख २५ हजार सात १५ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्