समाचार

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ



काठमाडौँ, २२ माघ । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दाङबाट दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार दाङमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर नगरपालिका-१२ हरिपौरा बस्ने २१ वर्षीय अशोक चौधरीसहित दुई जनालाई पक्राउ गरेको हो । उनीहरूले ती किशोरीलाई ललाई फकाई सोही नगरपालिका-११ गैरागाउँस्थित नर्सरीमा लगेर शनिबार राति जबरजस्ती करणी गरेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । 

उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।