राजनीति

समाजवादी युवा संघ गण्डकी प्रदेश समिति पुनर्गठन



कास्की, २३ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी युवा संघ गण्डकी प्रदेश समिति पुनर्गठन भएको छ । कास्कीको पोखरामा आयोजित कार्यक्रमबाट रामेश्वर पराजुलीको अध्यक्षतामा २१ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा देवदुत थापा, मुख्यसचीव ज्योती परियार, सचीव रीतु सुनार चयन भएका छन् ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् गण्डकी प्रदेश समितिका इन्चार्ज शिवलाल थापा प्रमुख अतिथि रहेको कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य धनप्रसाद तामाङ्ग, राजन केसी, निर्मल जिसीलगायतका नेताहरु उपस्थित रहेका थिए ।