अर्थ

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २५ अर्ब तरलता तान्दै



काठमाडौँ, २ माघ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमार्फत २५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ ।

बैैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ७ दिनका लागि आज २५ अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो । 

पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको छ तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ । यसैले केन्द्रीय बैंकले सस्तो ब्याजमा निक्षेप संकलन उपकरणमार्फत निरन्तर बैंकिङ प्रणालीमार्फत तरलता तानिरहेको छ ।