हेटौँडा । मिटरब्याज पीडितको न्याय मार्च हेटौँडा आइपुगेको छ । मेची पुलबाट हिँडेर मिटरब्याज पीडितहरूको न्याय मार्च सोमबार राती अबेर हेटौँडा आइपुगेको हो ।
मिटरब्याज पीडितहरूले गत माघ १६ मा नेपालको पूर्वी सिमाना काँकडभिट्टास्थित मेची पुलबाट मसाल जलाएर न्याय मार्च आन्दोलनको सुरुवात गरेका थिए । मेची पुलबाट हिँडेको १४ औँ दिनमा मिटरब्याज पीडितको ‘न्याय मार्च’ हेटौँडा आइपुगेको हो मेची पुलबाट पैदल हिँडेर सुरु गरेको ‘न्याय मार्च’ काठमाडौँ पुगेर आन्दोलनमा होमिने छ । पूर्वबाट हिँडेको दिन अर्को टोलीले पश्चिमबाट पनि न्याय मार्चको सुरुवात गरेको छ । पूर्व र पश्चिमबाट एकैदिन पैदल हिँडेका मिटरब्याज पीडितहरु चितवनमा भेला भएर काठमाडौँ प्रवेश गर्ने छन् ।
मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरू अवैध घोषणा गरेर जुनसुकै तहमा भएको पीडितको सम्पत्तिको हक हस्तान्तरण बदर गरी पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उनीहरूको माग रहेको छ । मिटरब्याज अपराधसम्बन्धी शक्तिशाली कानुन निर्माण गरी पूर्णाधिकारसहितको अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने माग राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्