अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १ फागुन । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ३ सय रुपैयाँले घटेर प्रतितोला एक लाख १७ हजार ७ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख १७ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रह्दै प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।