Banner News

लघुवित्त र सहकारीपीडितलाई न्याय दिन सक्रिय छु : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ, १ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडित नेपालीलाई न्याय दिन आफैँ सक्रिय भइरहेको बताएका छन् ।

अज बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै उनले नेपालीलाई न्याय दिन आफैँ सक्रिय भइरहेको बताएका हुन् ।

उनले भने, “यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु । लाखौँ बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छ,” “तपाईंहरूको सुझाव पनि म हेर्छु । यो समस्या जतिसक्दो छिटो टुंग्याउन चाहन्छु । यसमा तपाईंहरूको पनि सहयोग चाहियो ।”