काठमाडौँ, ९ फ्फगुन । आईसीसी क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गतको बुधबारको खेलमा नेपालले नामिबियालाई जितका लागि एक सय ६९ रनको लक्ष्य दिएको छ ।
आज कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३७.१ ओभरमा अलआउट हुनुअघि एक सय ६८ रनमात्र बनाउन सक्यो ।
प्रतिक्रिया दिनुहोस्