काठमाडौँ, ९ फागुन । विभिन्न दलहरुबाट निर्वाचित समानुपातिक सांसदहरुको योग्यतामाथि प्रश्न उठेको विवादमा सर्वोच्च अदालतले निरन्तर सुनुवाइ गर्ने भएको छ ।
समानुपातिक सांसदहरुको योग्यतामाथि प्रश्न उठाइएको रिट निवेदनमा बुधबार सर्वोच्च अदालतले अन्तिम सुनुवाइ थालेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सहित न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, प्रकाश कुमार ढुंगाना र सुष्मालता माथेमाको संवैधानिक इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राख्न आदेश दिएको हो ।
प्रतिक्रिया दिनुहोस्