काठमाडौँ, १२ फागुन । नारायणगढ–मुग्लिन सडकखण्ड आइतबारदेखि नियमित सञ्चालन हुने भएको छ ।
तुइन खाेलामा पुल निर्माणका लागि चट्टानी पहाड फुटाउने कामका लागि अहिले दिउँसो १२ बजेदेखि ४ बजेसम्म आवागमन बन्द हुँदै आएको छ ।
सडक डिभिजन भरतपुरले चट्टान फुटाउने काम अन्तिम चरणमा पुगेकाे जनाएको छ । अब आइतबारदेखि २४ सै घण्टा आवागमन खुला रहने नागढुंगा–मुग्लिन सडक याेजना (पश्चिम खण्ड)का सूचना अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्