समाचार

मोबाइल र २ लाख रुपैयाँ ठगेको आरोपमा दुई जना प्रहरी पक्राउ



रौतहट, १४ फागुन । सर्वसाधारण व्यापारीको ३१ थान मोबाइलसँगै दुई लाख रुपैयाँ ठगी गरेको आरोपमा बहालवाला एक जना प्रहरी सहायक हवलदार र एक जना प्रहरी जवान पक्राउ परेका छन् ।

मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी यज्ञबिनोद पोखरेलका अनुसार जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत सहायक हवलदार दीपेन्द्र कुमार राज र जवान रोशन कुमार यादव पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषामा दुवै जनाविरुद्ध आइतबार आपराधिक विश्वासघात र आपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।