अर्थ

परिसूचक नेप्से २८ अंकले घट्यो



काठमाडौँ, १७ फागुन । आज सेयर बजार परिसूचक नेप्से २८ अंकमाथिले घटेर बन्द भएको छ ।

अघिल्लो दिन सामान्य अंकले घटेर २ हजार अंकमा अडिएको बजार आज २८.६८ अंकले घटेर १९ सय ७२.०९ अंकमा झरेको हो । आज सेन्सेटिभ इन्डेक्स समेत ४.७९ अंकले घट्दै ३५१.६५ अंकमा झरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ । 

तथापि, २ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ बराबरको ७४ लाख ४६ हजार कित्ता सेयर आज दोस्रो बजारमा कारोबार भएको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ३.२१ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक २.६२ प्रतिशतले, ट्रेडिङ २.५१ प्रतिशतले र होटल तथा पर्यटन समूहको उपसूचक २.२७ प्रतिशतले घटेको छ । अन्य समूहहरुको उपसूचक आज २ प्रतिशतले कमले घटेका छन् ।